२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

कंचनपुर काङ्ग्रेसले भत्कायो नेपाली भुमिमा गाडिएका सीमास्तम्भ

कञ्चनपुर ।

नेपाली कांग्रेसका नेता–कार्यकर्ताले बेल्डाँडी गाउँपालिका क्षेत्रमा गाडिएको अन्तर्राष्ट्रिय सीमास्तम्भ तोडफोड गरेका छन् । उनीहरूले नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका ३, वैवाहमा स्थापना गरेको सहायक सीमास्तम्भ तोडफोड गरेका हुन् । 

कांग्रेसका कार्यकर्ताहरूले नेपाली भूमिमा सीमास्तम्भ गाडिएको विरोधमा तोडफोड गरिएको बताएका छन् । संविधानसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट र कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरासहितको टोली सीमा क्षेत्र अनुगमनका लागि गएको बेला कार्यकर्ताहरूले  सीमास्तम्भ तोडफोड गरेका हुन् ।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहूले केही दिनअघि नेपाल–भारत संयुक्त सर्भे टोलीले स्थापना गरेको सहायक सीमास्तम्भ ७८३/४ तोडफोड भएको बताए । 

“शनिबार कांग्रेस कार्यकर्ताले नेपाली भूमिमा उक्त सीमास्तम्भ गाडिएको भन्दै तोडफोड गरेछन्,” उनले भने, “सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेको थियो ।’ केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका सीमास्तम्भ पुनर्निर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो । 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७६ चैत्र ३

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP