२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

सम्पत्तिको मुद्दा अब जिल्ला जिल्लामा

दीपायल – सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा उच्च वा विशेष अदालतले हेर्दै आएकोमा अबदेखि जिल्ला अदालतले पनि हेर्न सक्ने बनाइएको छ । संसदबाट ऐन संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो । सम्पत्ति शुद्धीकरण अवैध धन्दा वा अपराधको विषय हो । आइन्दा मानव बेचविखन गरी त्यसैबाट आर्जित रकम बैंकमा जम्मा गर्नेलगायत संगीन अपराधमार्फत कमाएको रकम सम्पत्ति शुद्धीकरणअन्तर्गत पर्ने छन् । देशैभरका जिल्ला अदालतमा मानव बेचविखन, लागुऔषधको कारोबार, चेलिबेटी बेचविखनलगायत धेरै मुद्दा छन् । हिजोसम्म यी कुनै एक विषयमा मात्रै मुद्दा खेप्नुपर्ने अवस्था थियो भने अबदेखि यसमा सम्पत्ति शुद्धीकरणसमेत थपिने भएको छ । यी मुद्दा लागेका व्यक्तिहरूले स्रोत नखुलेको नगद, धनसम्पत्ति आर्जन गरेको देखियो भने सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा पनि चलाइनेछ । जे होस् अब यस्ता अपराधमा संलग्न जो–कोहीले कमाइको स्रोत देखाउनै पर्ने हुन्छ ।

हालै मानव बेचबिखनमा परेकी एलिना खत्रीको मुद्दामा यो कानुन आकर्षित हुन पुगेको हो । मानव बेचबिखनमा समातिएकी सामान्य आर्थिक हैसियतकी उनकोे घरबाट झण्डै २८ लाख रूपैयाँ प्रहरीले बरामद गरेको थियो । त्यसै अपराधमा मतियार भनी पोलिएका मानबहादुर तामाङले बयानको क्रममा भनेका थिए– ‘काठमाडौंबाट झापामा युवतीहरू लिएर आऊ, आसाम गुहाटीमा मेरो कोठी छ । त्यहाँसम्म ल्याएबापत तिमीलाई केही रकम कमिशन दिन्छु भनेकी थिइन् । पैसाको लोभले गर्दा मैले बेचबिखनको काम गरें । त्यसबापत एलिनाले ३ लाख २० हजार रूपैयाँ दिएकी हो ।’ तामाङ काठमाडौंबाट दुई युवतीलाई आसाम गुहाटी पुर्‍याएर फर्केपछि पक्राउ परेका थिए ।

एलिना र तामाङको शिकार भएकी युवतीले आपmुलाई पेय पदार्थमा लागुऔषध मिसाई खुवाएर काँकडभिट्टासम्म मानबहादुर तामाङले पुर्‍याएको र त्यसपछि एलिनाले बाटोमा इन्जेक्सन लगाएर लठ्ठ पारी सेतो कारमा राखेर गुहाटी कोठीमा लगी वेश्यावृत्तिमा जबर्जस्ती लगाएको बयान दिएकी थिइन् । कुनै पनि प्रकरणमा आफू सावित भई अरुलाई पनि पोलेको अवस्था छ भने त्यस्तो व्यक्तिले सहजै अपराध गरेको ठहरिने मान्यता छ । यसका बाबजुद एलिना खत्रीले आफ्नो श्रीमानले कोठीबाट युवतीहरूको उद्धार गरेको बयान दिई बेचबिखनसम्बन्धी आरोपलाई इन्कार गरेकी थिइन् तर उनको इन्कारी बयानका बाबजुद तामाङले आपmु सावित भई एलिनालाई पोले । र, उनको बैंक ब्यालेन्स पनि २८ लाख रूपैयाँ देखियो । मुद्दाको सुनुवाइका क्रममा बरामद २८ लाख रूपैयाँको स्रोत खुलाउन उनी असमर्थ भइन्, त्यसै कारणले यो सम्पत्ति अवैध रूपमा आर्जन गरेको ठहर गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा पनि निजउपर चलाइएको छ ।

शुरुमा एलिना, श्रीमान् र तामाङलाई मानव बेचविखन गरेको अपराधमा अनुसन्धानका लागि थुनामा राखिएको थियो । तर, अहिले सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थपिएको छ । उनले सो रकम मानव बेचबिखनमार्फत आर्जन गरेको आशंकामा मुद्दा दायर गरिएको हो । अहिले मानव बेचविखनजस्तो जघन्य अपराध गरेकाले तीनै जनालाई न्यूनतम दुई वर्षदेखि १० वर्षसम्मको सजायँ तोकिने भएको छ । अस्ति आइतबार भने मानव बेचविखन गरी पैसा जम्मा गरेको ठहर भएकाले सजायको फैसला भने जेठ २० गते हुने भएको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ १७

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP