२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

महिलाको शंकास्पद मृत्यु, हत्याको आशंकामा श्रीमान पक्राउ

शिखर नगरपालिकाकी एक महिलाको शंकास्पद मृत्यु भएको छ । शिखर नगरपालिका–८ की ३० वर्षिया राजु दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटना शुक्रबार बिहानको हो । मृतक राजु गम्भिर घाईते रहेको खबर शुक्रबार बिहानै प्रहरीलाई आएको थियो । ‘बिहानै ५ः५५ बजेतिर घाईते भएको खबर आयो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कर्ण बोहराले भने,‘त्यसपछि त्यहाँबाट डडेल्धुरा अस्पताल लग्दा, उपचारका क्रममा मृत्यु भएको छ ।’ उनको टाउकामा चोट लागेको उनले बताए । उनका अनुसार मृतक राजुको टाउकामा चोट लागेको छ । चोट धारिलो वस्तुले हानेजस्तो नदेखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । ‘काटिएको नभई फुटेको छ, भन्ने डक्टरको भनाई छ । पोष्टमार्टम रिपोर्ट आएको छैन्,’ उनले भने ।

घटनापछि राजुका श्रीमान कृष्ण दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘हत्याको स्वीकार गरेको छैन्,’ प्रहरी निरीक्षक बोहराले भन््े,‘आफु बिहान व्युझिँदा घाईते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको बयान दिएका छन् ।’ घटना भएको घरको एउटा कोठामा दमाई दम्पत्ती बस्नेगरेको उनले बताए । उनले भने, ‘त्यही कोठामा सुत्ने र त्यही भान्सा छ । त्यसैमा कोठामा मृतक घाईते अवस्थामा भेटिएकी हुन् ।’

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ बैशाख १३

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP