२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

माटोको ढिस्कोमा पुरीएर बाजुराका तीन बालक घाइते

बाजुरा– बडिमालिका नगरपालिका वडा न ३ घोगाली गाउँका तिन जना बालबालिका माटोको ढिस्कोमा पुरीएर घाईते भएका छन् ।
घाईते हुने सोही वडाका टेक खड्काका १४ बर्षिया छोरा रबिन्द्र खड्का र ११ बर्षका बिराज खड्का त्यसै गरी कर्ण खड्काका ११ बर्षिया देबेन्द्र खड्का रहेका छन्। घाइते भएका बालबालिकाहरुलाई जिल्ला अस्पताल पुर्याइएको भए पनी उनिहरु तिन जना मध्य एक जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अाज दिउसाे खेल्न गएकाे समयमा उनीहरू माटाेमा पुरीएका स्थानीयले बताएका छन् ।

गम्भीर घाइते बालकलाई जिल्ला अस्पतालमा उपचार हुन नसकी रिफर गरिएको छ । ११ बर्षिय बिराज खड्का भने ब्यहोस अबस्थामा रहेको प्रहरीले जनाएको छ । माटोमा पुरीएको भन्ने खवर पछि स्थानीयले माटोबाट निकालेर जिल्ला अस्पताल बाजुरामा ल्याएको प्रहरीले जनाएको छ ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ बैशाख ९

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP