२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

बहुविवाहको विवादलाई लिएर दम्पतीले गरे आत्महत्या

दार्चुला- दार्चुलामा एक नव विवाहित दम्पतीले भीरबाट हाम फालेर आत्महत्या गरेका छन्। जिल्लाको मार्मा गाउँपालिका–१ ताकुका राजेन्द्र महर र ललिता धामीको दम्पतीले शुक्रबार राती साढे १२ बजे तिर ताकु र गुल्जर जोड्ने सुङर भीरबाट हाम फालेर आत्महत्या गरेका हुन।  

नयाँ वर्षको दिन विहे गरेका उनीहरुले घरमा रहेकी जेठी श्रीमती कोपिला महरासँगको विवादलाई लिएर भीरबाट हामफालेको बताइएको छ।  घरमा श्रीमती र १ छोरा हुँदाहुँदै बैशाख १ गते दोस्रो विवाह गरेपछि घरमा विवाद हुँदै आएको थियो।

जेठी श्रीमती कोपिलाले इलाका प्रहरी कार्यालय लटिनाथमा बहुविवाह गरेको र आफुमाथि गाली गलौच गर्ने गरेको भन्दै उजुरी समेत दिएको वडाअध्यक्ष विरेन्द्र बोहराले बताए।   मुद्धा दर्ता नभएपनि  छलफलको लागि बोलाइएको उनले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घट्नाको कारण दोस्रो विवाह नै देखिएको छ। 

अहिले घटनास्थ पुगेर प्रहरी चौकी लटिनाथका इञ्चार्ज प्रहरी निरीक्षक कोमल विष्ट नेतृत्वको टोली बोहरा लगायतले अनुसन्धान गरिरहेको छ। 

Related News

प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
  • २०७७ बैशाख ६

दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...

TOP