२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

सुदूरपश्चिममा उत्ताउलो पारा देखियो-प्रधानमन्त्री

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिममा देखिएको उत्ताउलोपनले कोरोनाको जोखिम बढेको बताएका छन्। देखापढी डटकमसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘सबभन्दा संवेदनशील दक्षिणी सीमा हो। दक्षिणी सीमाबाट मानिसहरू उत्ताउलो पाराले प्रस्तुत हुने कामहरू भइराखेका छन्। त्यसलाई हामी सम्झाईबुझाई गरिराख्या छौं। दुईरचारजना मान्छेहरूको उत्ताउलोपनसँग सम्झौता गरेर सिंगो देशमा कोरोना फैलाउन सकिँदैन। त्यो प्रवृति अलिक बढ्ता सुदूरपश्चिममा देखिएको छ।’ उनले देखापढीसंग कुराकानी गर्दै भनेका छन्।

मुख्य कमाण्डरका रूपमा हेरिरहँदा यो महामारीसँग लड्ने प्रमुख थ्रेट चाहिँ के कुरालाई देखिरहनुभएको छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘सुदूरपश्चिममा अनुसानहिन ढङगले क्वारेन्टाईनमा बस्न नमानेको जस्तो अवस्था छ। यस्ले अलिकति खतरा तर्फ संकेत गर्ने अवस्था हो। त्यसलाई नियन्त्रण गर्न खोजिरहेका छौ। र नियन्त्रण गर्छाै।’

Related News

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०७७ बैशाख ४

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...

TOP