२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

एमाले प्रवेश गर्नु अघि सुदूरपश्चिमका भौतिक राज्यमन्त्री बर्खास्त

दिपायल– सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन् । एमाले प्रवेश गर्ने चर्चा चलेसँगै उनलाई बर्खास्त गरिएको हो ।
चौधरीलाई मन्त्री पदबाट हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले बताए ।

चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए । मन्त्री रावलका अनुसार पार्टीले नै चौधरीलाई पदबाट हटाउन भनेपछि हटाइएको हो ।
बर्खास्तमा परेका मन्त्री चौधरी आजै एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०७९ भाद्र १५

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP