दिपायल- डोटीमा पाँच महिना पछि कोरोना संक्रमण देखिन थालेनको छ । ०६८ फागुन २३ गते यता संक्रमण नदेखिए पनि सोमबार भने जिल्लाका पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
सोमबार १९ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डल्लीरमण जोशीले जानकारी दिए । उनका अनुसार जिल्लाको जोरायल गाउँपालिकाका ४ जना र आदर्श गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयले जिल्लामा कोरोना संक्रमित विरामी भेटिएसँगै सजग रहन अनुरोध गरेको छ । साथै, घरबाहीर जाँदा अनिवार्य मास्क लगाउन, भिडभाड नगर्न र कोरोना विरुद्धको खोप छुटेकाहरुले खोप लगाउन अनुरोध गरिएको छ ।
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...