दिपायल– असार २२ गते । डोटीमा रहेको सुजङ्ग अस्पतालको क्षमता विस्तार गरिने भएको छ । ५० श्यैयामा सञ्चालन हुँदै आएको उक्त सामुदायिक अस्पताललाई एक सय श्यैयामा परीणत गर्ने तयारी भएको हो ।
वर्षौं देखि स्वास्थ्य सेवा दिदै आएको जिल्लाको एक मात्र सामुदायीक अस्पताललाई एक सय श्यैयामा परिणत गर्न लागिएको अस्पताल सञ्चालक संस्था ग्रामिण विकास सेवा केन्द्र (आरडीएससी ) का अध्यक्ष एवं पूर्व मन्त्री भक्त बहादुर बलायरले बताउनु भयो । बुधबार अस्पताललाई एक सय श्यैयामा स्तरोन्नती गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । अस्पतालको स्तरोन्नतीका लागि प्र्रारम्भिक वातावरणीय परीक्षण –(आईई) गर्नु पर्ने भएकाले अस्पताल वरपरका सरोकारवालासँग सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको अध्यक्ष बलायरले बताउनु भयो ।
अस्पताललाई पचार श्यैयाबाट एक सय श्यैयामा स्तरोन्नती गर्न १९ करोड लागत लाग्ने जनाइएको छ । सुदूरपश्चिममा एक सय श्यैयाको अस्पताल नहुँदा नर्सिङ्ग कलेज सञ्चालन गर्न सकीयको छैन । यस अघि पचास श्यैयाको अस्पताललाई नर्सिङ्ग कलेज सञ्चालन गर्ने अनुमति थियो । त्यही अनुरुप सुजङ्ग अस्पतालले पनि नर्सिङ्ग कलेज सञ्चालन गर्दै आएको थियो । सरकारले कलेज संचालनका लागि एक सय श्यैयाको अस्पताल अनिवार्य हुनुपर्ने निर्ण गरेपछि सुदूरपश्चिमका धेरैजसो कलेजहरुले अनुमति पाउन सकेका छैनन् । अस्पताललाई एक सय श्यैयामा स्तरोन्नती गरेपछि पुनः यहाँका विद्यार्थीहरुले आफ्नै जिल्ला र प्रदेशमा स्टापनर्स पढ्न सक्ने अध्यक्ष बलायरले बताउनु भयो ।
अस्पतालको संरचना निर्माण गर्न आईई देखि सोयल टेष्ट जस्ता कार्यहरु अगाडी बढाइएको छ । श्यैया थप गर्न सरकारबाट अनुमति लिनका लागि प्रक्रिया अघि बढाइएको छ । हाल सम्म सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा २५ श्यैया भन्दा बढी क्षमताका अस्पतालहरु स्थापना भएका छैनन् ।
अस्पताले स्थापना काल देखि हालसम्म जिल्लामा विशेषज्ञिय चिकित्सक सहितको गुणस्तरीय स्वास्थ्य सेवा दिदै आएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले बताउनु भयो । पूर्वमन्त्री बलायरले यस क्षेत्रमा विद्यालय र अस्पताल स्थापना गरेर शिक्षा र स्वास्थ्यका क्षेत्रमा ठुलो योगदान दिनुभएको छ,‘उहाँले भन्नुभयो,‘यहाँका जनताहरुले आफ्नै घरआगनमा छिटो छरितो स्वास्थ्य सेवा लिन पाएका छन् । पचार श्यैयामा सञ्चालन हुँदा केही मात्रामा विशेषज्ञीय सेवा पाइएको छ । यसको स्तरोन्नति भएमा यो सुदूरपश्चिमकै नमुना अस्पताल बन्छ ।’ ‘सुदूरपश्चिममा सरकारले समेत एक सय श्यैयाको अस्पताल सञ्चालन गर्न नसकेको अवस्थामा सामाजिक संस्थाले आँट गर्नु नै चुनौतीको विषय हो,‘खड्काले थप्नु भयो,‘यसको स्तरोन्नतिका लागि नगरपालिकाले पनि सहयोग गर्ने छ ।’
जनताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालको क्षमता बृद्धि गर्न लागिएको अस्पताल सञ्चालक संस्थाका उपाध्यक्ष शंकर कठायतले बताउनु भयो । ग्रामिण भेगका आर्थिक अवस्था कमजोर भएका जनताहरुलाई विशेष प्राथमिकतामा राखेर नजिकै, गुणस्तरीय, शुलभ र विशेषज्ञय सेवा प्रवाह गर्ने पवित्र उद्येश्यलाई पुरा गर्न स्थानीयहरुले साथ दिनु पर्ने उहाँले बताउनु भयो । अस्पतालको स्तरोन्नतिसँगै यहाँका विद्यार्थीहरुले नर्सिङ्ग समेत पढ्न पाउने उहाँको भनाई छ ।
अस्पताल सञ्चालनका लागि संस्थाले नगर विकाससँग समन्वय गरेर आवश्यक भौतिक संरचना निर्माणका लागि थप जमिन माग गर्न सके संस्थागत विकासमा टेवा पुग्ने दिपायल सिलगढी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अशोक सोपले बताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले यस क्षेत्रमा सबै रोगको उपचार र शल्यक्रिया हुने अस्पतालको आवस्यकता रहेको बताउँदै यस अस्पतालको स्तोरोन्नति गर्न अति आवश्यक रहेको बताएका थिए ।
सुजङ्ग अस्पताल २०४९ सालमा स्थापना गरिएको थियो । स्थापना कालमा ९ श्यैयाबाट सुरु गरिएको यो अस्पताल २५ श्यैया हुँदै हाल ५० श्यैयामा सञ्चालन हुँदै आएको छ । आवश्यक भौतिक संरचना र भएका संरचनाहरुको व्यवस्थापन गरे लगत्तै अस्पताल एक सय श्यैयामा परीणत गरिने जनाइएको छ । श्यैया थपका लागि अनुमति लिने प्रक्रिया अघि बढाइएको छ ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...