२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

जिल्ला समन्वय समितिका नवनिर्वाचित जनप्रतिनिधिले गरे पदभार ग्रहण


दिपायल–जिल्ला समन्वय समिति डोटीका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्नु भएको छ । बिहीबार समन्वय समितिमा आयोजित एक कार्यक्रमका बीच समन्वय समिति संयोजक, उप संयोजक र सदस्यहरुले पदभार ग्रहण गर्नु भएको हो ।

समन्वय समितिको संयोजकमा नेपाली कांग्रेसका लक्ष्मण सिंह र उप–संयोजकमा स्मृति चुनारा (बिक)ले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै संयोजक खड्काले जनताको जनमतको कदर गर्दै निश्पक्ष र इमान्दारीता पूर्वक जिल्लाको हितमा काम गर्ने बताउँनु भयो । उहाँले जिल्लाका सम्पूर्ण पालिकाहरुसँगको समन्वय सहकार्यलाई बलियो बनाउँदै जिल्लाको हित र विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सदस्यहरुमा राम बहादुर खड्का, नरेश खड्का, ठक्कर बोहरा, दीपा खड्का, शान्ता भुल, निर्मला भुल र झकडी कामीले पदभार ग्रहण गर्नु भयो ।

पदभार ग्रहण कार्याक्रममा समन्वय समितिका निवर्तमान संयोजक, उप संयोजक लगायतका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका सभापति नरेन्द्र बहादुर सिंह लगायतले बधाई ज्ञापन गर्नु भएको थियो ।

जिल्ला समन्वय समिति डोटीमा नेपाली कांग्रेसका उमेदवार प्यानल सहित निर्विरोध निर्वाचित भएका थिए ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ जेष्ठ २६

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP