२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

जिसस डोटीमा कांग्रेस उम्मेदवार प्यानल सहित निर्विरोध निर्वाचित

दिपायल– डोटी जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका उमेदवार प्यानल सहित निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार मनोनयन दर्ताको अन्तिम समयसम्म नेपाली कांग्रेसका उमेदवारले मात्रै मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समन्वय समितिको संयोजकमा नेपाली कांग्रेसका लक्ष्मण सिंह र उप–संयोजकमा स्मृति चुनारा (बिक) निर्विरोध निर्वाचित हुनुभएको हो ।

संयोजक, उपसंयोजक सहित सबै सदस्यहरुमा नेपाली कांग्रेसका उमेदवार निर्विरोध निर्वाचित हुनुभएको हो । सदस्यहरुमा राम बहादुर खड्का, नरेश खड्का, ठक्कर बोहरा, दीपा खड्का, शान्ता भुल, निर्मला भुल र झकडी कामी निर्विरोध निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समिति गठनका लागि कांग्रेससंग स्पष्ट बहुमत रहेकाले अन्य पार्टीले मनोनयन दर्ता गरेका थिएनन् । नौ स्थानीय तहमध्ये कांग्रेसले सातमा प्रमुख–उपप्रमुख दुवै र एकमा उपप्रमुख जितेको छ । फलस्वरुप जिल्ला समन्वय समितिमा १८ मतमध्ये १५ मत कांग्रेसको पक्षमा छ ।

कांग्रेसका सबै उमेदवारहरुको मनोनयन दर्ता भैसकेको र मनोनयन दर्ताको समय भित्र अन्य पार्टीले मनोनयन दर्ता नगरेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । आइतबार दाबीबिरोधको समय तोकिएको र सोमबार प्रमाण पत्र वितरण गरिने उहाँले बताउँनु भयो ।

जिल्ला समन्वय समिति एकलौटी गठन गर्ने आधार तय भएपछि कांग्रेसभित्र संयोजक को बन्ने भन्ने बिषयमा विवाद चल्दै आएको थियो । संयोजकका लागि सिंह सहित महाधिवेशन प्रतिनिधि सोपान सिंह बोहरा र दिपायल सिलगढी नगरपालिकाका पूर्व वडाध्यक्ष राम बहादुर खड्का आकांक्षी थिए ।

कांग्रेसले संयोजकको टिकट उपलब्ध गराएका सिंह केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । उनले यस अघि पार्टीको जिल्ला उपसभापति भएर काम गरिसकेका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सिंह आदर्श गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । उप–संयोजक चुनारा यस अघि पूर्वीचौकी गाउँपालिकाको कार्यपालिका सदस्य रहेकी थिइन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ जेष्ठ २१

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP