२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

कांग्रेस जनताको विश्वासिलो पार्टी हो : उप–सभापति जोशी


दिपायल- नेपाली कांग्रेस डोटीका उप–सभापति नारायण जोशीले नेपाली कांग्रेस जनताको विश्वासिलो पार्टी भएको बताएका छन् । आइतबार शिखर नगरपालिका–२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस जनताको मन, मस्तिष्कमा बसेको सबैले विश्वास गर्ने पार्टी भएको बताएका हुन् ।

जनताको त्यही विश्वास र आस्थाका कारण कांग्रेस देशैभर बहुमतले विजयी हुने जोशीले बताए । ‘कांग्रेस जनताको आशा र भरोसाको केन्द्र हो । जतिजति बेला देशलाई, जनतालाई संकट पर्छ तब–तब कांग्रेस यो मुलुकलाई आवश्यक पर्छ,‘उनले भने,‘अहिले पनि यो देश संकटबाट गुज्रीरहेको छ । यो संकट हटाउन कांग्रेसले जित्न जरुरी छ । जिताउन जरुरी छ ।’

इतिहाँसको कालखण्डमा कांग्रेसले देशलाई संकटबाट जोगाएको बताउँदै उप–सभापति जोशीले यस अघि कांग्रेस देशका धेरै ठाउँहरुमा चुनाव हारेका कारण जनताले दुःख पाएको र मुलुक, संविधान संकटमा परेको बताए । देशलाई संकटबाट जोगाउन पालिका देख केन्द्र सम्मको निर्वाचनमा जनताले पुनः बहुमत दिलाउनु पर्ने उनले बताए ।

यस अघिका निर्वाचनमा जनताले कम्युनिष्टको परीक्षण मात्रै गरेको बताउँदै जोशीले अबको चुनावमा पुनः कांग्रेसले बहुमत पाउने बताए । उनले सरकार, सत्ता, देश चलाउन नसक्ने, संविधान जोगाउन नसक्ने , जनतालाई संकट र महामारीबाट समेत जोगाउन नसक्ने कम्युनिष्ट पार्टी र तिनका नेताहरुलाई जनताले जनतागत देखाएर हराउनेमा विश्वास व्यक्त गरे ।

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०७९ बैशाख २५

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP