२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : सभापति बलायर

डोटी- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताए । नेपाली कांग्रेस डोटीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत जोरायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिममा हालसम्म गठबन्धन नभएको र अबका दिनमा पनि नहुने बताएका हुन् ।

नेकपा माओबादी (केन्द्र) र नेकपा (एकिकृत समाजबादी) को गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेससँग गठबन्धनमा नरहेको स्पष्ट पार्दै सभापति बलायरले निर्वाचनमा पनि गठबन्धन नहुने संकेत गरेका हुन् । माओबादी र समाजबादीले एका तर्फ गठबन्धन भन्ने अर्का तिर कांग्रेसलाई पेल्ने गरेकाले पनि गठबन्धन नहुने उनले बताए । ‘एकातिर गठबन्धन भन्ने अर्कातर्फ हामीलाई पेल्ने, यो कस्तो कठबन्धन हो ?,‘उनले प्रश्न गरे ।’

सुदूरपश्चिममा कांग्रेस एल्लै बहुमतले बिजयी हुने दावी गर्दै समापति बलायरले अघिल्लो निर्वाचनमा बढी मत बदर भएका कारण हारबेहोर्नु परेको बताए । उनले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउँन नेता कार्यकर्तालाई सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनताहरुले कुनै पनि हालतका आफ्नो चुनाव चिन्ह ‘रुख’ बाहेक अन्त मत हाल्न नसक्ने बलायरको भनाइ छ । उनले भने,‘सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रुख चुनाव चिन्ह बाहेक अन्त भोट हाल्दैन ।’ सम्बोधनका क्रममा उनले निर्वाचनमा कांग्रेस बाहेक अरु कसैलाई भोट हाल्न नपर्ने र कांग्रेस बहुमतले बिजय हुनेमा विश्वस्त रहन नेता कार्यकर्तालाई अनुरोध गरे ।

नेपाली कांग्रेस डोटीले जिल्लाका ९ वटै पालिकाहरुमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने जनाएको छ । आइतबार जोरायल गाउँपालिकाबाट सुरु गरिएको अभियान ३० गते बडीकेदारमा सञ्चालन गरिने छ । त्यस्तै चैत्र १ गते बोगटान, २ गते केआईसिंह, ४ गते सायल, ५ गते आदर्श, ६ गते दिपायल सिलगढी नगरपालिका, ७ गते पूर्वीचौकी गाउँपालिका र ८ गते शिखर नगरपालिकामा सञ्चालन गरिने जिल्ला सभापति नरेन्द्र सिंहले जानकारी दिए । कार्यक्रमलाई प्रदेश सभापति बलायर, केन्द्रीय सदस्य एवं प्रतिनिधि किरण गिरी, प्रदेश सभासदस्य भरत बहादुर खड्का लगायतले सम्बोधन गर्ने छन् ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७८ फाल्गुन २९

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP