२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

सुदूरपश्चिममा लोक सेवाका लागि रिक्त दरबन्दीको विवरण बुझाउन निर्देशन

कैलाली- सुदूरपश्चिममा लोक सेवा आयोग खोल्नका लागि रिक्त दरबन्दीको विवरण ७ दिनभित्र बुझाउन प्रदेश सरकारले मातहतका मन्त्रालय, विभाग र कार्यालयहरुलाई निर्देशन दिएको छ। सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मातहतका मन्त्रालय र निकायलाई प्रदेश लोक सेवा आयोगले माग गरेअनुसार रिक्त दरबन्दीको विवरण बुझाउन निर्देशन दिएको हो।

लोक सेवा आयोगले प्रदेश सरकारले स्वीकृत दरबन्दीमा रिक्त कर्मचारीको विवरण माग गरेबमोजिम प्रदेश सरकार मातहतका मन्त्रालय, विभाग र निकायले रिक्त कर्मचारी विवरण  मंसिर १३ गतेसम्म पठाइ सक्नुपर्ने छ। त्यसपछि लोक सेवा आयोगले रिक्त दरबन्दीमा विज्ञापन खोल्ने बाटो खुल्ने छ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७८ मंसिर ९

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP