२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

एलपिएलको तयारी सुरुः गुरुकुल एकेडेमीद्धारा उपविजेता पुरस्कार प्रायोजन

फागुनमा हुने एलपिएलको पाँचौ संस्करणको तयारी सुरु भएको छ । फागुन तेस्रो साता धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको तयारी सुरु भएको हो । प्रतियोगिताका लागि मुख्य प्रायोजक लगायत अन्य प्रायोजकहरुको खोजी भईरहेको छ । 

प्रतियोगिताको उपविजेता पुरस्कारको प्रायोजन धनगढीको गुरुकुल एकेडेमीले गर्ने भएको छ । उपविजेताको नगद पुरस्कारका साथै ट्रफी प्रायोजक एकेडेमीले गर्ने भएको हो । लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्को आयोजनामा हुने प्रतियोगिताको प्रायोजन सम्झौता भएको छ । आयोजकका तर्फबाट संस्थापक तथा प्रबन्धक रामचन्द्र शाही र गुरुकुल एकेडेमीका तर्फबाट संस्थापक दीपक सुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

प्रतियोगिताको दोस्रो संस्करणदेखि एकेडेमीले निरन्तर प्रतियोगितामा सहयोग गर्दै आएको छ । क्रिकेटको जग बसाल्न थालिएको प्रतियोगितामा आफुहरुले योगदान गरिरहेको गुरुकुल एकेडेमीका संस्थापक दीपक सुरीले बताए । आफु पनि पुर्व क्रिकेट खेलाडी भएको हिसाबले एलपिएल क्रिकेटरहरुको प्लेटफर्म भएकोले सक्दो सहयोग गरिरहेको उनको भनाई छ । 

गुरुकुल एकेडेमी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको छ । एकेडेमीले तीन पटक अन्तराष्ट्रिय स्कुल अवार्ड पनि जितिसकेको छ । यो नै नेपालमा सबैभन्दा बढी अवार्ड जित्ने एक्लो स्कुल हो । २०५२ सालमा स्थापना भएको स्कुल यो बर्ष रजत जयन्ती बनाउने तयारीमा रहेको छ । 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर २७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP