काठमाडौं । नेपाल र बंगलादेशबीच मंगलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा दुई देशबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।
कतार विश्वकप छनोटको तयारीस्वरुप मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको नेपाली टोली र बंगलादेशी फुटबल टोलीबीचको खेल नेपाली समयअनुसार पौने ५ बजेबाट सुरु हुने बताइएको छ । मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल ऋंखलाअन्तर्गतको पहिलो खेलमा बंगलादेशले नेपाललाई २–० पराजित गरेको थियो ।
कात्तिक २९ गते सम्पन्न बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ गरी तीन खेलाडीले डेब्यू गर्ने अवसर पाएका थिए ।
डिफेन्डर विकासले सुरुदेखि खेल्न पाए भने एरिक ४०औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । विक्रम लामा घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिकले खेल्ने अवसर पाएका हुन् ।
कतार विश्वकप छनोटको तयारीस्वरुप नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो । कतार विश्वकपको एसियाली छनोटअन्तर्गत नेपालले ३ खेल खेल्न बाँकी रहेको छ ।
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...
डोटी- डोटीमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुष २६ गते सुरु भएको उक्त प्रतियोगिता बिहीबार सम्पन्न...