नेपाल र बंगलादेशबीच अहिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भइरहेको छ।
बंगलादेशको राजधानी ढाकामा जारी खेलमा गोलकिपर किरण चेमजोङले नेपाली टिमको कप्तानी गरिरहेका छन्।
टिमको डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी र विकास खवास छन्।
मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र रवि पासवान छन्।
यस्तै नवयुग श्रेष्ठले एक्लो फरवार्डको रूपमा खेल्दैछन्।
खेलमा नेपाल १-० ले पछि परेको अवस्था छ। खेलको दशौं मिनेटमा बंगलादेशका मोहमद नबिबले गोल गरेका छन्।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...