२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१” को उपाधि वडा नम्बर ३ को टिमले हात पारेको छ ।

दिपायल सिलगढी नगरपालिकाले राजपुरस्थित खप्तड रंगशालामा आयोजना गरेको उक्त प्रतियोगिताको अन्तिम खेलमा वडा नम्बर ४ को टिमलाई हराउँदै वडा नम्बर ३ ले उपाधी हात पारेको हो ।

सोमबार भएको अन्तिम खेलमा वडा नम्बर ४ लाई वडा नबार ३ ले ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो ।

वडा नम्बर ४ विरुद्ध आक्रमक खेल प्रदर्शन गरेको वडा नम्बर ३ ले २५–२२, २५–१४ र २५–२१ को सहज नतिजा निकालेको थियो ।

विजेता भएसँगै वडा नम्बर ३ ले १ लाख रुपैयाँ सहित शिल्ड हात पारेको छ भने उपविजेता वडा नम्बर ४ ले ७५ हजार रुपैयाँमा प्राप्त गरेको छ । तेस्रो हुने वडा नम्बर १ ले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगितामा वेस्ट प्लिएरलाई पनि पुरस्कृत गरिएको थियो ।शनिबारबाट सुरु भएको उक्त प्रतियोगितामा ९ वटा वडाबाट ९ टिम सहभागी थिए ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख विजय खड्काले दिपायल सिलगढी सरकारले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८१ फाल्गुन ५

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP