दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दिपायल स्थीत दिल्पेश्वर खेलमैदानमा शुक्रवार देखि शुरु भएको छ ।
पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्डको शुक्रबार उद्घाटन भएको छ । जिल्ला समन्वय समिति डोटी प्रमुख लक्ष्मण बहादुर सिंहको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको छ ।
उद्घाटनका अवसरमा उनले नेपालको खेलकुद विकासका लागि हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का(बिजय) को सभापतित्वमा शुरु भएको राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरुका लागी यो सुनौलौ अवसर रहेको बताए । उनले भने हामी यस्ता क्रियाकलापहरु धेरै गछौं हामी डोटीबाट नयाँ खेलाडीहरु उत्पादन गर्नमा जोड दिनु पर्ने नगर प्रमुख खड्काले बताए ।
उद्घाटन कार्यक्रमको सुरुमा १६ वटै बिद्यालयका खेलाडीहरुले मार्च पास गरेका थिए । उक्त समारोहमा तेक्वान्दो, डान्स स्पोट्र्स र तेक्वान्दो खेलाडीको डेमोन्स्ट्रेसन भएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र दौड खेलमा प्रतिस्पर्धा हुँदैछ ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...