२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

डोटीमा प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने

‘पद्म पब्लिक प्रिमियिर कप–२’

मोहन पनेरु / डोटी । डोटीमा पहिलो पटक ‘जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता ’ हुने भएको छ ।

दिपायल सिलगढी नगरपालिकामा अवस्थीत पद्म पब्लिक मुक्ति नारायण माध्यामीक विद्यालयले उक्त क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो । उ्रक्त प्रतियोगिता आगामी माघ १६ गते देखि २० गते सम्म संचालन हुने बिद्यालयमा प्रधानाध्यापक केशवराज ओझाले पत्रकार सम्मेलनमा जानकारी दिऐ । ‘पद्म पब्लिक प्रिमियिर कप–२’ प्रतियोगिता दोस्रो पटक हुनलागेको जानकारी समेत दिए । पहिले नगर स्तरीय संचालन गरीसकेको छ ।

उक्त प्रतियोगितामा जिल्लाभरका माध्यामीक विद्यालयले कक्षा १२ सम्मका विद्यार्थी खेलाडीहरु मात्रै सहभागि गराउन पाइने छ भने प्रतियोगिता टि–२० र्फम्याट नकआउट चरणमा खेल खेलाईने प्रतियोगिताका संयोजक राजु घलेले जानकारी दिए ।

उक्त प्रतियोगिता संचालन गर्नुको मुख्य उदश्य भनेको क्रिकेटलाई ग्रासरुट अभियानबाट अगाडी बनाउने उदश्यरहेको संयोजक घलेले बताए । उनले भने ‘ अहिले बिश्व क्रिकेटमय भएका कारण हामीले यो खेल आयोजना गर्न लागेको र यहि डोटी जिल्लाले उत्पादन गरेका ३ जना खेलाडी नरेन साउँद,शेर मल्ला र भोजराज भट्टले नेपाल प्रिमियर लिग (एनपिएल) खेलि सकेका छन । उहाँहरु जस्तै भविश्य भएका खेलाडीहरु खोजि गर्न हामी ग्रासरुट अभियानमा रहेको जानकारी दिएका छन ।’

विद्यालयबाट क्रिकेट प्रतियोगितामा नमूना विद्यालय कार्यक्रम अन्तरगतको रु. ३ लाख, मूख्य प्रायोजक दिपायल सिलगढी नगरपालिका वडा नं. ६ बाट रु. १ लाख र प्रायोजक दिपायल सिलगढी नगरपालिका वडा नं. ९ बाट रु. ४० हजार सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक ओझाले जानकारी दिए । पुस २४ गते देखि आगामी माघ १० गतेभित्र टिम दर्ता गर्नु सकिने र टिम दर्ता निशुल्क हुने ओझाले बताए ।

देशभरका ४ सय २२ नमूना विद्यालय भित्रको एक विद्यालय हो । तर ‘नमूना विद्यालय कार्यक्रम’ हाललाई फेज आउट भए पनि ‘विज्ञान सबलीकरण’ कार्यक्रम अन्तरगत देशभरका १ सय १७ विद्यालय भित्र फेरी प.प. मा.वि. छनौटमा परेको र उक्त कार्यक्रम २०८१ देखि २०८५ सम्म लागु हुने ओझाले जानकारी दिए ।

क्रिकेट प्रतियोगितामा डोटीबाट एनपिएलमा सहभागिता जनाएका क्रिकेट खेलाडीहरु र सुदूरपश्चिम रुयल्सका मार्की प्लेयर ( कप्तान) दिपेन्द्र सिंह ऐरीलाई समेत बोलाउने तयारी रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरुस्कार राशी नगद रु.५५ हजार ५ सय ५५ र ट्रफी, द्वितिय पुरुस्कार रु. ३३ हजार ३ सय ३३ र ट्रफी तथा तृतिय पुरुस्कार रु. ११ हजार १ सय ११ सहित सबैलाई प्रमाण–पत्र रहेको जनाईएको छ ।

त्यसैगरी अन्य विभिन्न उत्कृष्ट खेलाडीलाई नगद पुरुस्कार र कपहरु तथा प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ पुरुस्कार पनि प्रदान गरिने बताईएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) डोटी अध्यक्ष दिनेश सिंहले भने, ‘डोटीमा यस्ता क्रिकेट प्रतियोगिता गर्ने बिद्यालय,क्लबलाई हामी स्वागत गर्दछौं । किन भने अहिले देश क्रिकेटमा ग्रासरुट अभियानमा जुटेको छ । यसमा सबैले हातेमालो गर्नु पर्दछ । ’ उनले भने ‘डोटीमा हुने क्रिकेट प्रतियोगिता क्यान डोटी र म अध्यक्षका हैसियत के सहयोग गर्न मिल्छ आफु तयार भएको शिखर समाचार संग बताए ।’

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ पुष २५

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP