२०८१ मंसिर १७, सोमबार
December 2, 2024, Monday

न्युजिल्याण्डका कुगेलेइन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

धनगढी । न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्नुहुने भएको छ ।न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टि २०आई तीनै फर्म्याटमा खेल्नुभएका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेल्नुभएको थियो । वहाँको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ । वहाँजस्तो अनुभवी खेलाडीको आगमनले रोयल्स टिम मात्र नभएर समग्र नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास हामीले राखेका छौं ।

तीव्र गतिको बलिङ गर्ने वहाँसँग तल्लोक्रममा ठूला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ । वहाँले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आउनुभएको छ ।

टि २० क्रिकेटमा २६ को औसतले १ सय ६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १ सय ३४ को स्ट्राइक रेटले १ हजार २२ रन वहाँको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा वहाँले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गर्नुभएको छ ।

रोयल्सले यसअघि विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हज प्रमुख मेन्टरमा हुनहुन्छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहनुभएको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ ।

रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ । रोयल्सले कार्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ । छनोट कार्यक्रम धनगढीमा हुनेछ । आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्नुहुनेछ । छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०८१ कार्तिक १४

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP