२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

काठमाडौँ– छैटौँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनशिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजतसहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ ।

परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरूलाई बधाई दिएका हुन् । प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनशिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरेका छन् ।

खेलाडीहरूलाई बाधाई दिँदै धमलाले खेलाडीहरूको उच्च प्रर्दशनले नेपालीको शान बढेको बताए । विभिन्न विधामा खेलाडीहरू अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन् भने सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १/१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

यस्तै, वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक/एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् । यस्तै, सफल पाठक, समिर बस्नेत,रिदम गोलेले १/१ रजत पदक प्राप्त गर्न सफल भएका हुन् । यस्तै, सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २/२ तथा यान्चेन्ला इलावा र ग्रुप इभेन्टमा १/१ रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढुंगानाले बताए ।

 

Related News

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
  • २०८१ श्रावण १७

दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...

TOP