२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरूवात

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ। सोमबार भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले घरेलु टिम लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो।

लुम्बिनीले दिएको १५९ रन लक्ष्य सुदूरले २९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमका लागि शेर मल्लले नटआउट ४२ रन र नारायण जोशीले नटआउट २८ रन जोडे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १५८ रनमा अलआउट भयो।

लुम्बिनीका लागि प्रज्वल थापाले सबैभन्दा बढी ४२ रन जोडे। बलिङमा सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए भने भोजराज भट्ट र नरेश साउदले २-२ विकेट लिए।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० माघ १

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP