२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

शिखरमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड : मुख्यमन्त्री शाहले आईतबार उद्घाटन गर्ने

दिपायल- शिखर नगरपालिकाले आयोजना गर्न लागेको पाँचौं राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा भएको छ। वर्षेनी आयोजना हुने नगरस्तरीय उक्त शिल्ड प्रतियोगिता पुस २२ देखि २४ गते सम्म आयोजना हुने आयोजकले जनाएको छ ।

नगरपालिका नजिकै रहेको हरिहर माविको खेल मैदानलाई थप व्यवस्थापन गर्दै प्रतियोगितालाई अन्य वर्षको भन्दा अझै भव्य तरिकाले आयोजना गरिने नगर प्रमुख दीर्घ बलायरले बताए । खेल मैदानमा एकै पटक विभिन्न विधाका खेलहरु खेलाउन सकिने गरेर व्यवस्थापन गरेका छौं,”उनले भने,”खेल मैदानको स्तरोन्नति गरेका छौं । व्यवस्थापन गर्नका लागि विभिन्न तयारी समितिहरू बनाइएको छ । तीन दिनमा सबै खेल सम्मपन्न गर्ने गरेर तयारी गरिएको छ ।”

नगर सरकारले खेलाडी र खेल क्षेत्रको उच्च सम्मान हुने गरेर शिल्डको आयोजना गर्न लागेको नगर उप-प्रमुख सुनिता रावल जोराले बताइन् ।

शिल्डमा ४ विधाका खेलका लागि नगरका १४ वटा विद्यालयका खेलाडीहरुको सहभागिता रहने शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले बताए । शिल्डमा भलिबल , कबडी, इथेलिक्स तथा मार्सल आर्ट्स विधामा प्रतिस्पर्धा गराइने उनले बताए ।

प्रतियोगिताको उद्घाटन  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले  गर्नु हुने नगर प्रवक्ता धिर्क सिंहले जानकारी दिए । शिखर नगरपालिकाले हरेक वर्ष उत्साहजनक एवं भव्य व्यवस्थापनका साथ शिल्डको आयोजना गर्दै आएको छ । यस वर्ष खेल मैदानको व्यवस्थापनमा पनि जोड दिइएको छ ।

Related News

यी हुन् सहकारी ठगीमा फरार २९ जना
यी हुन् सहकारी ठगीमा फरार २९ जना
  • २०८० पुष २१

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...

TOP