२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु

धनगढी – छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी गराएको हो ।

आज दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । क्लबका महासचिव प्रकाश शाहीले उद्घाटन खेल नेपाल एपीएफ क्लब र बागमती क्लबबिच बिहीबार आज साढे तीन बजे हुने बताए ।
प्रतियोगितामा ‘ए’ डिभिजन ६ टिम, दुई विदेशी टिम, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । सुदूरपश्चिममा पर्वका रूपमा परिचित प्रतियोगिता २०७३ सालदेखि आयोजना हुँदै आएको छ ।

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७९ चैत्र ९

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP