२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

युएई १७७ रनले पराजित, नेपालको एकदिवसीय मान्यता सुनिश्चित

काठमाडौं – आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग युएई १ सय ७७ रनले पराजित भएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ४८ रन जोडेको थियो।

जवाफी ब्याटिङमा उत्रेको युएईले २२.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ७१ रन मात्र जोड्न सक्यो।

ब्याटिङमा खराबी सुरुवात गरेको नेपालले भने बलिङमा आक्रमकरुपमा उत्रिएको थियो।

पहिलो ओभर बलिङ गर्न आएका ललित राजवंशीले पाँचौ बलमा पहिलो विकेट लिएका थिए। त्यसपछि आक्रमक बनेको नेपाल युएईविरुद्ध घरेलु मैदान हावी भयो।

नेपालका लागि बलिङतर्फ ललित राजवंशीले ५ विकेट लिँदा ब्याटिङतर्फ कप्तान रोहित पौडेलले आफ्नो इनिङ सम्हाले।

११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रनको योगदान गरेका रोहित खेलको प्लेयर अफ दी म्याच बने।

शून्य रनमा ओपनर आशिफ शेखलाई गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई ८ रनमै गुमाएको थियो।

कुशल मल्ल ९ रन बनाएर आउट हुँदा भिम सार्की २९ रन जोड्दै आउट भए।

आरिफ शेखले ४३ रन बनाउँदा गुल्सन झाले ३७ रनको योगदान दिए।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाउँदा सन्दीप लामिछानेले २ रन जोडे।

यस्तै बलिङतर्फ ललितले ५ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट लिए।

सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १/१ विकेट लिए।

नेपालले यो जितसँगै आफ्नो एकदीवसीय मान्यता जोगाएको छ।

७ देश सम्मेलित रहेको लिग २ मा नेपाल चौथो स्थानमा उक्लिएको छ। नेपालले ३४ खेलमा १७ खेल जित्दै ३६ अकं जोडेको छ।

नेपालले लिग २ मा अब दुई खेल खेल्न बाँकी रहेको छ। नेपालले २ खेल जिते विश्वकप छनोटमा स्थानमा बनाउने सम्भावना बलियो रहेको छ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ फाल्गुन २८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP