दिपायल- डोटीमा जिल्ला स्तरीय तीज विशेष खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । हरितालिका तीजको अवसरमा दिपायल सिलगढी नगपालिका, भैरब प्रसाद गण र त्रिवेणी एफएमको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना हुने छ ।
भदौ ७ गते देखि १४ गते सम्म आयोजना हुने कार्यक्रममा तीज विशेष खेल प्रतियोगितासँगै, दर खाने कार्यक्रम र डेउडा गीत प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ। भदौ ७ र ८ गते कबड्डी प्रतियोगिता, ९ र १० गते भलिबल प्रतियोगिता , १० र ११ गते फुटबल प्रतियोगिता हुने छ।
त्यस्तै १० गते सिलगढीमा र ११ गते दिपायलमा महिलाहरुलाई दर खुवाउने र नाचगानको कार्यक्रम आयोजना गरिने छ ।
आयोजक अनुसार प्रतियोगिता सिलगढी स्थित टुँडिखेलमा आयोजना हुने छ । दरखाने कार्यक्रम सिलगढी टुँडिखेल र दिपायल स्थित दिल्पेश्वर मठमा हुनेछ ।
कार्यक्रममा भैरब प्रसाद गणले मेडीकल क्याम्प पनि राख्ने जनाएको छ ।
महिलाहरुको विशेष रुचिको पर्व हरितालिका तीजको अवसरमा जिल्ला भरका महिलाहरु बीच भेटघाट हुने, आपसमा सुखदुःख बाँडफाँड हुने र खेल क्षेत्रमा पनि उहाँहरुको सहभागिता हुने भएपछि प्रतियोगिताको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले बताउनु भयो । “नगरको बजेट, विकास र गतिविधिमा महिलाहरुको सहभागिता हुन जरुरी छ,’ उहाँले भन्नु भयो,’ देश विकासमा उहाँहरुको पनि महत्वपूर्ण भूमिका छ । हामीले उहाँहरुका माग र चाहना बमोजिमका कार्यक्रम पनि ल्याउन आवश्यक छ भनेर तीज विशेष कार्यक्रम ल्याएका हौं ।”
तीज विशेष कार्यक्रम र प्रतियोगिता खेल, संस्कृति, सभ्यता र स्वास्थ्य सँग जोडिएको भैरब प्रसाद गणका गणमती प्रमुख सेनानी जनमत कार्किले बताउनु भयो । कार्यक्रम महिला विशेष भएकाले कार्यक्रमले महिलाको क्षमता विकास, खेलकुदमा महिलाहरुको उल्यख्य सहभिगिता र डेउडा प्रतियोगिताले यहाँको संस्कृतिको संरक्षण गर्नुका साथै पर्वको महत्व झल्काउने उहाँले बताउनु भयो ।
प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहबाट महिलाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सबै विधाका खेलमा पुरस्कार र प्रमाण पत्रको दिने व्यवस्था गरिएको छ। प्रथम हुने टिमलाई १५ हजार , दृतिय हुनेलाई १० हजार र प्रमाण पत्र वितरण गरिने छ ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमले भैरब प्रसाद गण र दिपायल सिलगढी नगरपालिकामा गएर टीम दर्ता गर्न सक्ने छन् ।
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...