२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि अहोरात्र खट्छौं : अध्यक्ष शाही

दिपायल- डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले खेलाडीको हित र खेलकुद क्षेत्रको विकासका लागि अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार सिलगढीमा आयोजित परिचयात्मक तथा खेलकुद सम्बन्धी छलफल कार्यक्रममा बोल्दै शाहीले जिल्लाको समग्र खेल क्षेत्रको विकासका लागि आफु सहित सिंगो समिति अहोरात्र खट्ने बताएका हुन् ।

शाहीले जिल्लामा खेल क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार, स्थानीय सरकार र नीजि क्षेत्रको सहयोग आवस्यक पर्ने बताए । यो सँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खेल सम्बन्धित संघहरु, क्लवहरुको पनि महत्वपूर्ण भुमिका रहने भएकाले सबैसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।

‘खेल क्षेत्रको विकासका लागि सरोकारवाला सबैसँगको समन्वय र सहयोग आवश्यक छ,‘शाहीले भने,‘आफ्नो भिजन सहित सबै सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरिने छ । स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका सबै पालिकाहरुमा एक पालिका एक नमुना खेल मैदान निर्माणका लागि पहल गर्नेछौं ।’ त्यस्तै जिल्ला स्तरीय ठुलो क्षमताको इन्डोर खेल सञ्चालन गर्न मिल्ने कभर्डहल निर्माणका लागि समन्वय गरिने उनले बताए ।

जिल्लामा फुटबल संघ लगायतका विधा अनुसारका संघहरु गठन र गठन भएका संघलाई सक्रिय पारिने अध्यक्ष शाहीले बताए । ‘जिल्लामा खेलकुदका विधा अनुरुपका संघ संगठनहरु गठन भएका छन् तर खेलकुद गतिविधिहरु सुन्य छन्,‘ उनले भने,‘भोटिङ्ग राइटका लागि मात्र गठन भएका त्यस्ता निस्क्रिय संघलाई सक्रिय पारेर खेलकुदका इभेण्ट गर्न प्रेरित गरिनेछ । साथै, खेदकुदको रिपोर्टिङ्ग गर्न इच्छुक पत्रकारहरुका लागि खेलकुद रिपोर्टिङ्ग सम्बन्धी तालिमको व्यवस्था समेत गरिने छ ।’

जिल्लाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय, राष्ट्रिय खेलाडीको सम्मान, जिल्लामा खेलाडीहरु पहिचान, खेलाडी उत्पादन, प्रशिक्षकको व्यवस्था लगायत जिल्लाको समग्र खेल क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने आफ्नो लक्ष रहेको उनले बताए ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७९ श्रावण १५

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP