२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

धनगढी प्याब्सन कपः लिटल फ्लावर र स्टेपिङ स्टोन उपाधिका लागि भिड्ने

धनगढीः धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लिटल फ्लावर स्कुल र स्टेपिङ स्टोन भिड्ने भएका छन्। आज भएको सेमिफाईनलमा जित हासिल गर्दै दुई टीम उपाधिका लागि शुक्रबार भिड्न लागेका हुन्।

आजको पहिलो सेमिफाईनलमा स्टेपिङ स्टोनले एरिष्टो स्कुललाई ९ विकेटले हरायो। पहिले ब्याटिङ गरेको एरिष्टोले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनायो । प्रतिउत्तरमा स्टेपिङ स्टोनले ९ ओभरमा एक विकेट क्षतिमा लक्ष्य भेट्टायो।

आजकै दोस्रो सेमिफाईनलमा लिटल फ्लावरले पञ्चोदय माविमाथि १९ रनको जित दर्ता गर्यो। पहिले ब्याटिङ गर्दै लिटल फ्लावरले २० ओभरमा ७ विकेट क्षतिमा एक सय ३९ रन बनायो। प्रतिउत्तरमा पञ्चोदयले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रन मात्रै बनाउन सक्यो।

धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा जारी प्रतियोगिता शुक्रबार सकिदैछ। प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ। रासस

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ चैत्र ४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP