२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

खप्तड गोल्डकपमा उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने

धनगढी – सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक/एक गोल गरे । बागमतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए । खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए भने खेलको ७१ औं मिनेटमा राजिबले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा जुनियरले गोल गरे पनि बागमती २–१ ले पराजित भयो । अब फ्रेन्ड्सले प्रतियोगिताको फाइलन खेल फागुन २८ गते मनाङ मस्र्याङ्दी क्लबसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७८ फाल्गुन २७

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP