२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

धनगढीमा जारी खप्तड गोल्डकपमा बाग्मती विजयी

धनगढी – कैलाली धनगढीमा जारी मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा बागमती युथ क्लब विजयी भएको छ । धनगढी रंगशालामा शुक्रबार भएको खेलमा ए डिभिजन क्लब न्युरोड टिम एनआरटीलाई पराजित गर्दै बाग्मती विजयी भएको हो ।

निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै बाग्मती विजयी भएको हो ।

बिहिबार देखि सुरु भएको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०७८ फाल्गुन २०

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP