२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

आइसीसी लिग-२ का लागि नेपाली टोली घोषणा, तयारी गर्न श्रीलंका जाने

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी विश्वकप लिग-२ का लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ। युएईमा हुने लिग खेलका लागि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिएको हो।

टोलीमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब,भिम शार्की रहेका छन्।

युएई जानुअघि नेपाली टोलीले श्रीलंकाका एक साता बढी तयारी गर्ने संघले जनाएको छ। नेपाली क्रिकेट टोली आगामी शनिबार श्रीलंका प्रस्थान गर्ने बताइएको छ। श्रीलंकामा रहँदा ४ वटा तयारी खेल खेल्ने बताइएको छ। क्यानका अनुसार श्रीलंकाको फस्ट क्लास टोलीसँग तयारी खेल खेल्ने छ।

तयारी खेलपछि नेपाली टोली श्रीलंकाबाट १४ मार्चमा युएई पुग्ने क्यानले बताएको छ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७८ फाल्गुन २०

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP