२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

सेती नदीमा बेपत्ता भएका पवनको स्मृतिमा फुटबल कपकाे आयोजना

डोटी – सेती नदीमा बेपत्ता भएका पवन भुत्यालको स्मृतिमा फुटबल कप प्रतियोगिता आयोजना गरिएको छ । ५० हजार पुरस्कार राशी रहेको उक्त प्रतियोगिताकाे आयोजना द्वारीया टोलले गरेको हो ।

प्रतियोगितामा जिल्लाका ६ टीमको सहभागिता रहेको छ । सोमबार बिहान १० बजे देखि प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

खप्तड रंगशाला राजपुरमा आयोजना गरिएको “पवन स्मृति फुटबल कप” काे आईतबार उद्घाटन गरिएको छ । नेपाली कांग्रेस डोटीका जिल्ला सदस्य जीत खड्काले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

फुटबलको उद्घाटन गर्दै नेता खड्काले सभ्य शालीन र मिलनसार युवाको स्मृतिमा उनका साथीहरूले आयोजना गरेको प्रतियोगिताले डोटीको खेल क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

फुटबल भने पछि हुरुक्कै हुने पवन फुटबल खेलाडी पनि हुन् । उनको रुचि र आकांक्षालाई मध्यनजर गरेर प्रतियोगिताको आयोजना गरिएको गोकर्ण खड्काले बताए ।

बेपत्ता पवन मिलनसार, आत्मीय मित्र हुनुका साथै खेल प्रेमी युवा रहेकोले उनको सम्झनामा हरेक वर्ष प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ ।

शिखर नगरपालिकाकाे सापुला घर भई दिपायल सिलगढी नगरपालिका – ३ दिपयालमा बस्दै आएका १८ वर्षीय पवन गत भाद्र २५ गते नदीमा बेपत्ता भएका थिए । उनी नुहाउने क्रममा दिसिनपा -३ स्थित बरल्देउ भन्ने ठाउँबाट सेती नदीमा बेपत्ता भएका थिए । अहिले सम्म उनको शव भेटिएको छैन ।

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०७८ कार्तिक ७

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP