२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ

डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता (दोस्रो संस्करण) आयोजना हुने भएको छ । केआईसिंह युवा सञ्जालले दिपायलमा पत्रकार सम्मेलन गरेर गाउँपालिकाको सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

प्रतियोगिताको चैत्र २६ गते उद्घाटन गरिने छ । सहभागि टिमले चैत्त २० गते देखि २५ गते सम्म टिम दर्ता गरिसक्नु पर्नेछ । प्रतियोगितामा डोटीका सम्बन्धित पालिकाका खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन् ।

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ रहेको उक्त प्रतियोगितामा आयोजक लगायत १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा दोस्रो हुने टिमले ६१ हजार एक सय ११ रुपैया र तेस्रो हुने टिमले ३१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा उतकृष्ठ हुने र पुराना खेलाडीलाई पनि सम्मान गरिने छ । विजयी हुने तिनै टिमलाई मेडक, प्रमाणपत्र र ट्रफीको पनि व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडीहरुलाई ६ विधामा नगद दुई हजार रुपैया सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले जिल्लामा रहेका खेलाडीहरुलाई प्रोत्साहन गर्ने र कुलतमा लागेका युवाहरुलाई खेलमा समावेस गरि कुलतबाट टाढा राख्ने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रममा स्थानीय कला संस्कृति वाजागाजाको प्रदर्श समेत गरिने सञ्जालका उपाध्यक्ष प्रेम बिकले जानकारी दिए । थप जानकारीका लागि सञ्जालका सचिव भरत बमको मोबायल नम्बर ९८४८४११८७८ मा सम्पर्क गर्न सकिने छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ चैत्र १३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP