२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

डोटीमा एकलाख पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिता आयोजना हुँने

डोटी– डोटीमा एकलाख बढी पुरस्कार राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको शिखर नगरपालिका वडा नं. १० बानेडुग्रीसैन गहनानमा २६ गते देखि प्रतियोगिता आयोजना हुने छ ।

शिखर नगरपालिकाको आर्थिक सहयोग तथा गहनान सामुदायीक युवा क्लवको आयोजना हुने उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशि एक लाख ५५ रुपैंया रहेको आयोजक संस्थाका अध्यक्ष तेज भुलले जानकारी दिए ।

प्रतियोगितामा दोस्रो हुने टिमले ५० हजार ५५ रुपैया र तेस्रो हुने टिमले २५ हजार ५५ रुपैंया प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा उतकृष्ठ हुने र पुराना खेलाडीलाई पनि सम्मान गरिने राजेश ठगुन्नाले बताए ।

चार हजार टिम दर्ता शुल्क रहेको उक्त प्रतियोगिताका लागि २५ गते भित्र टिम दर्ता गराईसक्नु पर्ने छ ।

प्रतियोगितामा डोटी लगायत अन्य जिल्लाका खेलाडीहरु समेत सहभागि हुन पाउँने आयोजकले जनाएको छ । माघे संक्रान्तीको अवसर पारेर सो क्षेत्रमा प्रत्यक वर्ष प्रतियोगिता आयोजना हुने गर्दछ ।

कोरोना कहरका कारण रोकिएको खेलकुद गतिबिधिलाई निरन्तरता दिदै विगतका वर्षहरु जस्तै प्रतियोगिता आयोजना गरिन लागेको शिखर नगरपालिका–१० का वडाध्यक्ष मीन बलायरले बताए । क्लवको अनुरोधमा वडा र नगरको सहयोग सहकार्यमा प्रतियोगीता आयोजना हुने उनले बताए ।

प्रतियोगितामा सहभागि टिमले खाना बस्नका लागि आफै व्यवस्था गर्नुपर्ने छ । प्रतियोगिताको थप जानकारीका लागि ९८४८४६३०७३, ९८४९७०४४९३, ९८४००४६४१५ मा सम्पर्क गर्न सकिने छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ पुष २१

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP