२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

कम्युनिष्टका कारण मुलुक संकटमा, जोगाउने जिम्मा कांग्रेसको काँधमा : सभापति देउवा

डोटी – नेपाली कांग्रस डोटीका सभापति प्रदिप कुमार देउवाले कम्युनिष्टका कारण मुलुक संकटमा परेको बताए । ४५औं मेलमिलाप दिवसको अवसरमा पूर्वीचौकी गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टले मुलुकलाई संकटमा पारेको बताउँदै संकटबाट जोगाउन कांग्रेसलाई जिम्मेबारी आएको बताएका हुन् ।

मुलुकमा जति–जति बेला संकट पैदा हुन्छ त्यती–त्यती बेला कांग्रेसले संकटबाट जोगाउँदै आएको स्मरण गराउँदै देउवाले फेरी पनि कांग्रेसले मुलुकलाई संकटबाट जोगाउँने जिम्मेबारी आएको बताए । मुलुक चलाउनुस् भनेर जनताले कम्युनिष्टलाई पाँच बर्षका लागि चावी दिएको तर उनिहरुले दुर्घटनामा पारेकाले कांग्रेस गाउँ देखि केन्द्रसम्म सजक र सचेत हुँदै मुलुकलाई दुर्घटनाबाट जोगाउँन तल्लिन हुनुपर्ने अवस्था आएको बताए ।

पार्टी सभापति देउवाले वर्तमान कम्युनिष्ट सरकारले मुलुकलाई असम्वैधानिक तबरले अधिनायकबाद हुँदै अबैधानिक बाटोमा लग्न खोजेको बताए ।

मुलुकमा सृजना भएको असम्वैधानिक कदममा प्रधानमन्त्री केपी ओली मात्रै दोषी नभएर प्रचण्ड माधव नेपाल लगायतका कम्युनिष्ट नेताहरु पनि दोषी रहेको सभापति देउवाले बताए । प्रचण्ड माधव नेपालले पनि सरकार फेर्ने बैधानिक बाटो संसदीय दल हुँदा–हुँदै अबैधानिक बाटोबाट सत्ताकब्जा गर्न खोज्दा यस्तो परिििस्थति आएको उनको भनाई थियो । ‘संसदीय दलमा छलफल गरेर अलपमत र बहुमतको आधारमा सरकारलाई परिवर्तन गर्ने ठाउँ थियो, सभापति देउवाले भने,‘प्रचण्ड माधव नेपालले आफ्नो हातमा सत्ता ल्याउँने खेल खेलेपछि यो परिस्थिति आयो ।’

नेपाली जनताले कम्युनिष्टहरुलाई स्थिर सरकार समृद्ध नेपाल निर्माण गर्छौ भन्ने झुटो आश्वासनका भरमा झण्डै दुई तिहाइमत दिएकै दिन देखि कम्युसनिष्ट मात्तिएको देउवाको भनाई थियो । नेपाली कांग्रेसले पटक–पटक सरकार लोकतान्त्रीक बाटोमा जावस्, सच्चियोस, सुशासनको बाटोमा जावस्, समृद्धि तर्फ जावस् भन्ने चाहना राख्दा राख्दै सरकार असंबैधानिक बाटोमा लागेको उनले बताए ।

सभापति देउवाले केपी ओली विगत देखि नै संघीयता विरोधी, परिवर्तन विरोधी भएको आरोप समेत लगाए । ६२÷६३ को आन्दोलमा बयलगाडा चढेर अमेरिका पुगिदैन भन्ने ओलीले आज त्यही बयलगाडा चढेर सत्तामा पुगेपछि जनतालाई सडकमा आउन बाध्य पारेको उनको भनाई थियो ।

डोटी कांग्रेसले ४५औं राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा जिल्लाका नौ वटै स्थानीय तहहरुमा कार्यक्रम गरेको छ । विभिन्न स्थानीय तहको कार्यक्रमका लागि प्रतिनिधि समेत तोकिएको थियो ।

यसै अन्तरगत आदर्श गाउँपालीकामा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सम्बोधन गरेका छन् । शिखर नगरपालिकामा प्रदेशसभा सदस्य भरत बहादुर खड्काले सम्बोधन गरेकाछन् । त्यस्तै पार्टी सचिव नारायण जोशीले दिपायल सिलगढी नगरपालिकाको कार्यक्रमलाई सम्बोधन गरेका थिए भने सायल गाउँपालिकाको कार्यक्रमलाई क्षेत्रीय सभापति विजय खड्काले सम्बोधन गरेका थिए । बडीकेदार गाउँपालिकाको कार्यक्रमलाई महाधिबेसन प्रतिनिधि रामप्रशाद उपाध्यायले सम्बोधन गरेका छन् ।

जोरायल गाउँपालिकाको कार्यक्रममा महासमिति सदस्य वीरबहादुर जेठारा, केआईसिंह गाउँपालिकाको कार्यक्रममा जिल्ला सदस्य जित बहादुर खड्का, बोगटान फड्सील गाउँपालिकाको कार्यक्रममासदस्य शुशिल घर्तीको प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उप–प्रमुख, स्थानीय तहका पार्टी सभापति, भातृ संगठनका प्रमुख तथा प्रतिनिधि तथा अन्य नेताहरुको समेत सहभागिता थियो । कार्यक्रमको सभापति सम्बन्धित पालिकाका सभापतिहरु रहेका थिए ।

Related News

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
  • २०७७ पुष १७

दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...

TOP