२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

भीम रावलले ०७४ को चुनावमा वीरबहादुरसँग गठबन्धन गरे : वन मन्त्री आले

डोटी- नव नियुक्त वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेमगरले पूर्व उप–प्रधानमन्त्री डा. भीम रावलले ०७४ को चुनावमा नेपाली कांग्रेसका उमेदबार पूर्वमन्त्री विरबहादुर बलायरसँग गठबन्धन गरेको आरोप लगाए । काठमाडौंमा सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका आलेले नेकपाका सदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई उक्त आरोप लगाएका हुन् ।

डोटी जिल्लामा २०७४ सालको निर्वाचनको अन्तीम आमसभालाई स्मरण गर्दै आलेले भने,‘डा. रावलले डोटी जिल्लाकी महिला मेयर मञ्जु मलासी यस्ती, उस्त भनेर भाषण गरे, आमसभामा सय किलोको मान्छे हेर्छ सुर्य चिन्ह, हसिंया हतौडालाई भोटै माग्दै माग्दैन, किन माग्दैन भनेको त कांग्रेसका उमेदबार वीरबहादुर बलायरसँग गुटबन्दी रहेछ । त्यस्तो खालको हाम्रो डाक्टर भीम रावल ।’

आलेले चर्को स्वरमा भने,‘म सम्पुर्ण आदरणीय नेतालाई भन्न चाहन्छु यो डाक्टर ठिक छैन । यो डाक्टरको पछाडी अहिले सम्म हामिले समय खेर फालेउँ, अहिले मैले आफुले आफुलाई धिक्कार गरेको छु ।’

प्रधानमन्त्रीले नेतृत्व गरेको पार्टीमा डोटीबाट ९० प्रतिसत जनताको अझै उपस्थिती रहेको दाबी गर्दै आलेले१७ गते डोटी जिल्लामा प्रधानमन्त्रीले चालेको कदमको पक्षमा दश हजारको जुलुस निस्किने बताए । उनले डा. रावललाई त्यो जुलुस हेर्नको लागिे आँखा खोलेर बस्न समेत आह्वान गरे ।

रावलले पद नपाए पछि विरोधमा उत्रिएको आलेको आरोप छ । भिम रावलले चार पटक उप प्रधानमन्त्री हुँदा पनि एउटा माखा समेत मार्न नसकेको बताउँदै मन्त्री आलेले विकास के हो भन्ने कुरा रावललाई थाह नभएको बताए । पार्टी मिल्न नदिने अवसरबादी नेता भनेकै डा. भीम रावल भएको बताउँदै आलेले रावल जस्तो तुछ्छ मान्छे अहिले सम्म पनि नदेखेको बताए ।

नेपाल – प्रचण्ड खिमाले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै रावलले आलेलाई कटाक्ष गर्दै चोरको हातमा साँचो भनेर अभिव्यक्ति दिएका थिए ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ पुष १६

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP