प्रचण्ड माधव पनि दोषी : सभापति देउवा
डोटी- सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले संसद विघटन संविधान विरोधी कार्य मात्रै नभएर राष्ट्रघाती कार्य भएको बताएका छन् । संसद् विघटनको निर्णयविरुद्ध नेपाली कांग्रेस डोटीले सोमबार सिलगढीमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै खड्काले प्रधानमन्त्री र राष्ट्रपतिद्वारा राष्ट्रघाती कार्य भएको बताएका हुन् ।
विरोध प्रदर्शनसँगै डोटी कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्या देबी भण्डारीले गरेको संसद् विघटनको निर्णयविरुद्ध जिल्ला प्रशासन कार्यलयको गेटमा विरोध सभा आयोजना गरेको थियो ।
सो सभालाई सम्बोधन गर्दै नेता खड्काले देशमा कम्युनिष्ट सरकार स्थापना भएदेखि अन्याय, अत्याचार, कुशासन, भ्रष्टाचार, दुराचार मात्रै मौलाएको आरोप लगाए । नेपालको संविधानले सरकार विघटन गर्ने अधिकार कसैलाई नदिएको बताउँदै खड्काले यो कार्य नेपालको संविधानको मुल मर्म र भावना विपरित भएको बताए ।
‘वर्तमान कम्युनिष्ट सरकारको नेतृत्वमा बसेका केपी ओलीले संविधान माथि मात्रै प्रहार गरेको छैन, नेता खड्काले भने,‘यो राष्ट्रघाती काम गरेको छ र वास्तवमा निर्वाचन हुनका लागि विघटन गरेको होईन यो वदनियत रुपले आएको छ ।’ नेता खड्काले संसद् विघटनको मुद्धा अदालतमा गएकोले सम्मानित अदालतले नेपालको संविधानको भावना अनुरुप नै निर्णय गर्ने आशा ब्यक्त गरे ।
वर्तमान अवस्थामा असंवैधानिक कदम, संविधान माथि प्रहार, प्रजातन्त्रमाथि बलात्कार भएको र संघिय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको उल्लेख गर्दै नेता खड्काले नेपाली कांग्रेस जस्तो प्रजातन्त्रीक पार्टी र नेताहरुको काँधमा ठुलो जिम्मेबारी आएको बताए । नेपाली कांग्रेसलाई सत्तासँग जोडेको प्रसंगमा उनले कांग्रेसका लागि सत्ता गौण विषय भएको बताउँदै संविधान कार्यान्वयन, संविधानको संरक्षण, संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय अखण्डता, राष्ट्रको सार्वभौमसत्ता जोगाउने कांग्रेसको मुख्य चिन्ताको विषय भएको बताए ।
कम्युनिष्टको आन्तरिक कलहका कारण देश संकटमा परेको नेता खड्काको भानाई छ । कोरोना कहरकाबीच जनताको स्वास्थ्य माथि समेत खेलवाड भएको बताउँदै उनले दुरदराजमा सिटामोल समेत पु¥याउन नसकेको बताए । नेता खड्काले कम्युनिष्ट सरकारका कारण जनताहरु महंगीको मारमा परेको, हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको, कम्युनिष्टले जितेका गाउँपालिका, नगरपालिका, प्रदेश र संघीय सरकारहरु भ्रष्टाचारले चुरलुम्म डुबेको आरोप समेत लगाए । कम्युनिष्टहरुले योजना बेचेर खाएको आरोप लगाउँदै उनले राज्यको ढुकुटी मात्रै दोहन गरेको आरोप लगाए ।
नेपालमा कम्युनिष्टले शासन चलाउँन सक्दैनन् भन्ने कुरा विगत देखि नै प्रमाणित भएको बताउँदै नेता खड्काले नेपालका कम्युनिष्ट, कम्युनिष्टका खोल मात्रै भएको बताए । कम्युनिष्टहरु नवसामन्तवाद भएको आरोप लगाउँदै खड्काले तिनका नेताहरुको लवाई खवाई समेत नवसामन्तवादीको जस्तै भएको आरोप लगाए । ‘कम्युनिष्टहरुले देशको सम्पती लुटेका छन् दोहन गरेका छन्, खड्काले भने,‘आफ्नो घरको सम्पती जस्तै हशुलेका छन् । आज तिनलाई मत दिने मतदाताहरु वाक्क भएकाछन् । मुलुकमा अत्यन्त तरल र असाधारण परिस्थिति छ । हामिलाई यो मुलुकमा राजनीतिक स्थायित्व र संविधानको संरक्षण गर्ने ठुलो जिम्मेबारी आएको छ ।’
कांग्रेस डोटीका सचिव नारायण जोशीले सञ्चालन गरेको विरोध सभालाई सम्बोधन गर्दै पार्टी सभापति प्रदिप देउवाले वर्तमान कम्युनिष्ट सरकारले मुलुकलाई असम्वैधानिक तबरले अधिनायकबाद हुँदै अबैधानिक बाटोमा लग्न खोजेको बताए ।
मुलुकमा सृजना भएको असम्वैधानिक कदममा प्रधानमन्त्री केपी ओली मात्रै दोषी नभएर प्रचण्ड माधव नेपाल लगायतका कम्युनिष्ट नेताहरु पनि दोषी रहेको सभापति देउवाले बताए । प्रचण्ड माधव नेपालले पनि सरकार फेर्ने बैधानिक बाटो संसदीय दल हुँदा–हुँदै अबैधानिक बाटोबाट सत्ताकब्जा गर्न खोज्दा यस्तो परिस्थििति आएको उनको भनाई थियो । ‘संसदीय दलमा छलफल गरेर अलपमत र बहुमतको आधारमा सरकारलाई परिवर्तन गर्ने ठाउँ थियो, सभापति देउवाले भने,‘प्रचण्ड माधव नेपालले आफ्नो हातमा सत्ता ल्याउँने खेल खेलेपछि यो परिस्थिति आयो ।’
नेपाली जनताले कम्युनिष्टहरुलाई स्थिर सरकार समृद्ध नेपाल निर्माण गर्छौ भन्ने झुटो आश्वासनका भरमा झण्डै दुई तिहाइमत दिएकै दिन देखि कम्युसनिष्ट मात्तिएको देउवाको भनाई थियो । नेपाली कांग्रेसले पटक–पटक सरकार लोकतान्त्रीक बाटोमा जावस्, सच्चियोस, सुशासनको बाटोमा जावस्, समृद्धि तर्फ जावस् भन्ने चाहना राख्दा राख्दै सरकार असंबैधानिक बाटोमा लागेको उनले बताए ।
सभापति देउवाले केपी ओली विगत देखि नै संघीयता विरोधी, परिवर्तन विरोधी भएको आरोप समेत लगाए । ६२÷६३ को आन्दोलमा बयलगाडा चढेर अमेरिका पुगिदैन भन्ने ओलीले आज त्यही बयलगाडा चढेर सत्तामा पुगेपछि जनतालाई सडकमा आउन बाध्य पारेको उनको भनाई थियो ।
काठमाडौ – नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा...