धनगढी- कैलालीको धनगढी उप–महानगरपालिका–१० जुगेडामा दुई जना प्रहरीको हत्या गर्ने समुहका मुख्य योजनाकार भनिएका शुकबहादुर भनिने ३४ बर्षे अमर रानालाई लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुप शमसेर जबराका अनुसार पक्राउ परेका अमरबहादुरले नै घटना घटाउने योजना बनाई अन्य व्यक्तिलाई बोलाएका थिए ।
घटना लगत्तै फरार रहेको मुख्य योजनाकार भनिएका रानालाई जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको संयुक्त अनुसन्धान टोलीले आइतबार वेलुका साढे ७ बजे पक्राउ गरेको प्रहरी प्रमुख जबराले बताए ।
कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए ।
बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।
प्रहरीले घटनामा संलग्न भएको भन्दै यस अघि ८ जनालाई पक्राउ गरी पुर्पक्षको लागि कारागार चलान गरेको छ ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...