२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सुदूरपश्चिममा बहुमत जोगाउन प्रचण्ड–नेपाल समूहलाई ‘हम्मेहम्मे’

सुदूरपश्चिममा बहुमत जोगाउन नेकपाको प्रचण्ड–नेपाल समूहलाई ’हम्मेहम्मे’ परेको छ । नेकपाका प्रदेशसभा सदस्यहरु समूह फेरबदल गर्ने क्रम बढेसँगै प्रचण्ड–नेपाल समूहलाई बहुमत जोगाउन हम्मेहम्मे परेको हो ।

५३ सदस्यीय प्रदेश सभामा नेकपाका ३९ जना प्रदेश सभा सदस्य छन् भने नेपाली काँग्रेसका १२ र नेकपाका दुई जना प्रदेशसभा सदस्य रहेका छन् । ओली समूहमा १३ जना प्रदेशसभा सदस्य पुगे सरकार अल्पमतमा पर्ने देखिएपछि प्रचण्ड–नेपाल समूह प्रदेशसभा सदस्यलाई समूह नफेर्न आग्रह गरिरहेको छ । अहिलेसम्म ओली समूहमा ६ जना प्रदेशसभा सदस्य स्पष्ट खुलेर लागेका छन् भने ओली समूहले आफ्नो पक्षमा १३ जना प्रदेशसभा सदस्य रहेको दावी गर्दै आएको छ । 

सुदूरपश्चिमका प्रभावशाली नेता लेखराज भट्ट ओली समूहमा रहेकाले उनी निकट केही प्रदेश सभा सदस्य ओली समूहमा जाने तयारी रहेको बताइएको छ । कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार गठन गर्न ओली समूहमा १३ जना पुग्नुपर्ने छ । प्रदेशमा सुविधाजनक बहुमतमा रहेको प्रचण्ड–नेपाल पक्ष बहुमत कायम राख्ने कसरतमा छ । त्यसका लागि असन्तुष्टलाई विभिन्न जिम्मेवारी दिएर मनाउने प्रयास थालिएको छ । असन्तुष्टको व्यवस्थापनका लागि मन्त्रीपरिषमा ओली पक्षका मन्त्री हटाएर नयाँ नियुक्त गर्ने, मन्त्रालय थप गर्ने र राज्यमन्त्री थप्ने तयारी रहेको प्रचण्ड–नेपाल समूहको छ । 

प्रचण्ड–नेपाल पक्षका नेताहरु भने आफ्नो स्पष्ट बहुमत रहेकोले सरकार फेरवदल हल्लामात्र भएको दावी गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पनि आफ्नो सरकार सुरक्षित रहेको दावी गरे । प्रदेश सरकार धरापमा परेको टिप्पणी हुन थालेको अवस्थामा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री भट्टले आफ्नो सरकार सुरक्षित रहेको र कसैले हल्लाउन नसक्न्ने बताए । उनले आफूविरुद्ध हस्ताक्षर संकलन भएको कुरा झुठो भएको बताउँदै अहिलेको सरकार यथावत रुपमा अगाडि बढ्ने दावी गरे । 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ पुष १३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP