२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

सुजंङ्ग अस्पतालमा धमाधम पाठेघरको अप्रेसन हुँदै : पछिल्लो समय तीन जनाले लिए सेवा

डोटी । पाठेघरको समस्या भएका महिलाहरुको उपचार अप्रेशन डोटीमै हुनथाले पछि स्थानीयहरू खुशी भएका छन् । धेरै जसो महिलाहरूमा देखिने पाठेघरकाे समस्या तथा क्यान्सरबाट ग्रसित बिरामीहरूले डोटी जिल्ला भित्रै विशेषज्ञ सेवा पाउन थालेपछि खुसी भएका हुन् ।

राजपुर स्थित सुजंङ्ग अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा दिन थालेको दुई वर्ष मै हजारौं बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ ।

पछिल्लो केही दिन यता स्त्रीरोग विशेषज्ञ डा. पंकज प्रतावकाे नेतृत्वको टोलीले तीन जना पाठेघरको क्यान्सर हुने अवस्थामा पुगेका बिरामीको अप्रेशन विधिबाट सफल उपचार गरेको छ ।

केहि दिनको अवधिमा दिपायल सिलगढी नगरपालिका -५ ठाँटीकी नाउटी देवी भण्डारी, वडा नं.७ पाकरीकी ४८ वर्षीया कौशी विष्ट र सोही नगरपालिकाको वडा नं. ८ लडागडा की २५ वर्षीया काली साउदको सफल अप्रेशन भएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायारले जानकारी दिए ।

यस अघि पाठेघरकाे समस्या भएका बिरामीले तराई तथा भारतका विभिन्न अस्पतालमा धाउनुपर्ने वाध्यता थियो । अहिले सुजंङ्ग अस्पातलमा सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुबाट उपचारको लागि बिरामी आउने गरेका छन् । बिरामी नाउटीदेवीका श्रीमान गणेश भण्डारीले घर नजिकै, जिल्ला भित्रै, अन्यन्त्र भन्दा सस्तोमा गुणस्तरीय सेवा पाएकोमा खुसी व्यक्त गरे ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ पुष ६

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP