डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले मुलुकमा भ्रष्टाचार बढ्दै गएकाले वस्ती स्तरबाटै हर नागरिकले निगरानी गर्नु पर्ने बताए । शिखर नगरपालिका अन्तरगत वस्ती भ्रमण तथा भेटघाट कार्यक्रममा रहेका उनले कम्युनिष्टहरु वडा देखि सिंहदरबार सम्म भ्रष्टाचारमा लिप्त रहेको बताउँदै स्थानीय जनतालाई निगरानी गर्न अनुरोध गरेका हुन् ।
कम्युनिष्ट सरकारले गरेका हरेक गतिविधिको बस्ति स्तरवाटै निगरानी राख्नु पर्ने बताए । अहिले कम्युनिष्टले विभिन्न प्रलोभन देखाएर वस्ती फुटाइ आफ्नो स्वार्थ पुर्ति गरिरहेको कुरा वताउदै केन्द्रीय सदस्य बलायरले भने,‘हरेक निकायवाट वस्ती सम्म आएका योजनाको सहि सदुपयोगमा विशेष ध्यान दिनु पर्दछ ।’
विभिन्न व्यक्तिगत स्वार्थलाई लिएर राजनीतिमा प्रोशोध नसाट्न आग्रह गर्दै बलायरले भने,‘समाज एक जुट भए समाजको हरेक मुद्दा दह्रो हुने र समस्या समाधान हुन्छ ।’
‘तपाइहरुले जिताएर पठाएको समयमा काम गर्ने मौका मिलेन, उनले भने,‘ तपाइहरुको आशिर्वाद मिलेमा केही गरेर देखाउने छु ।’ केन्द्रीय सदस्य बलायर गृह जिल्लामा जनाताको घरदैलोमा गएर भेटघाट गरिरहेका छन ।
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...