२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

नेकपाभित्रै संवैधानिक परिषद् अध्यादेशको विरोध : खारेज गर्न प्रचण्डको माग

काठमाडौं– सरकारको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा सत्तारुढ दलकै अध्यक्षले आपत्ति जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरुले संसद् बैठक माग गरिरहेका बेला यसरी हठात् अध्यादेश ल्याउनु लोकतन्त्रकै उपहास भएको प्रचण्डले बताएको उनी निकट स्रोतले बताएको छ ।
अध्यादेश तत्काल खारेज गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।

परिषदका बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न सक्ने गरी अध्यादेश जारी भएपछि प्रचण्ड रुष्ट भएका हुन् । प्रधानमन्त्री केपी ओलीले आज बिहान बोलाएको परिषदको बैठकमा प्रचण्ड निकट सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएका थिएनन् ।

आज बिहान ९ बजे बोलाइएको संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो। प्रधानमन्त्रीले आजै साँझ ५ बजे पुनः बैठक बोलाएका छन्।

आजै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी हुन्।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर ३०

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर ३०

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर ३०

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP