२०७७ चैत्र २९, आईतवार
April 11, 2021, Sunday

पत्रकार शाहीद्वारा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि चेक हस्तान्तरण

डोटी- पत्रकार मोहन शाहीले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि चेक हस्तान्तरण गरेका छन् ।

नेपाल प्रेस युनियन डोटीका पार्षद, कान्तिपुर दैनिकका डोटी सम्बाददाता शाहीले आफ्नो जन्मदिनको अवसरमा १५ हजार ५ सय ५५ रुपैंयाको चेक शाखाका उपाध्यक्ष चक्र कुवँरलाई हस्तानतरण गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गरेको थियो । कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अबसरमा सहयोग गर्दै आएका छन् । हाल सम्म कोष स्थापनाका लागि एक लाख बढी रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको महराले बताए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वर्गिय पत्राकर खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए ।

Related News

पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ मंसिर ३०

डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
  • २०७७ मंसिर ३०

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...

केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
  • २०७७ मंसिर ३०

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...

TOP