डोटी- नेपाली कांग्रेस डोटीले सरकारको विरोधमा गाउँ–गाउँमा मसाल जुलुस निकालेको छ । जिल्लाका प्रत्यक वडाहरु, जिल्ला सदरमुकाम, साविकको क्षेत्रीय सदरमुकाम लगायतका ठाउँहरुमा जुलुस निकालिएको डोटी कांग्रेसले जनाएको छ ।
सरकारको सर्वसत्तावादी प्रवृति, कोभिड–१९ मा असफलता, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्यआतंक, चर्को मुल्य वृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि, र कुशासनको विरुद्ध आइतबार राती जिल्लाभर मसाल जुलुस निकालिएको नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले बताए ।
सचिव जोशीका अनुसार आज भिभिन्न ठाउँहरुबाट जुलुस सहित साविकको क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लामा विरोध सभा आयोजना गरिने छ । सभालाई केन्द्रीय सदस्य पूर्वमन्त्री वीरबहादुर बलायर लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...