२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

बझाङमा ट्रिपर दुर्घटना : २ जनाको मृत्यु, ३ घाइते

बझाङमा ट्रिपर दुर्घटना : २ जनाको मृत्यु, ३ घाइते

बझाङ- बझाङमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्लाको तल्कोट गाँउपालिका किरकिट्यामा शनिवार दिउँसो नागार्जुन कष्ट्रक्सनको बा ३ क ६०० नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

ट्रिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका मजदुर मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रिपर चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी घाईते भएका छन् । घाइते तिनै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर २७

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर २७

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर २७

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP