काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध घोषणा गरेको देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय तहका नेताहरु जिल्ला जाने भएका छन् । उनीहरु जिल्ला कार्यसमितिको आमन्त्रणमा विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन जिल्ला जाने तयारी गरिरहेका छन् ।
पार्टीले केन्द्रबाट जिल्लाहरुमा प्रतिनिधि नतोकेपछि जिल्ला सभापतिहरु आफैँ केन्द्रीय तहका नेताहरुलाई मंसिर २९ गतेको सरकारविरुद्धको विरोध प्रदर्शनमा उपस्थितिका लागि बोलाइरहेका छन् ।
केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार जिल्ला कार्यसमितिहरुले प्रदर्शनका लागि तयारीहरु गरिरहे पनि अधिकांश जिल्लाहरुले केन्द्रीय तहका नेताहरु कसलाई बोलाउने भन्ने बारेमा निर्णय भने गरिसकेका छैनन् ।
पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा पनि अधिकांश जिल्लाहरु केन्द्रीय तहका नेताहरु बोलाउने बारेमा आन्तरिक छलफलमै रहेका छन् । सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा जिल्ला कार्यसमितिहरुले केन्द्रीय तहका नेताहरु बोलाउने बारेमा छलफल चलिरहेको जनाएका छन् ।
सभापति देउवाको गृहजिल्ला डडेल्धुराका उपसभापति करुणाकर भट्टले केन्द्रबाटै प्रतिनिधि तोक्ने सम्भावना देखिएका कारण आफूहरुले केन्द्रीय तहका नेताहरुका बारेमा कुनै निर्णय नगरेको प्रतिक्रिया दिएका छन् ।
“केन्द्रले नै प्रतिनिधि तोक्छ भनेर हामीले केन्द्रीय तहका नेताहरुको सहभागिताका बारेमा केही मनस्थिति बनाएका थिएनौं,” उनले लेखाजोखासँग भने, “हिजो (बिहीबार) जिल्ला सभापतिहरु आफैँले केन्द्रीय नेता बोलाएर आन्दोलन प्रभवकारी बनाउने भन्ने पदाधिकारी बैठकले निर्णय गरेछ । अब हामी सल्लाह गरेर नेता बोलाउँछौं ।”
दार्चुलाका सभापति ललितसिंह बोहराले पनि अहिलेसम्म केन्द्रीय तहका नेताहरुको सहभागिताका बारेमा जिल्ला कार्यसमितिले कुनै निर्णय गरिनसकेको जानकारी दिए । “हामीले केनद्रीय सदस्यहरुको उपस्थितिका बारेमा कुनै निर्णय गरिसकेका छैनौं । तर, सुदूरपश्चिमबाटै केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेताहरुसँग सामान्य छलफल भने भएको छ,” उनले भने ।
सुदूरपश्चिमका बाँकी चार जिल्लाहरुमा भने केन्द्रीय तहका नेताहरु मंसिर २९ गतेको विरोध प्रदर्शनमा सहभागी हुने निश्चित भइसकेका छन् । विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरु एनपी साउद अछाम, बीरबहादुर बलायर गृहजिल्ला डोटी, प्रदीप पौडेल कञ्चनपुर र गगन थापा कैलाली जाने भएका छन् ।
कैलाली जिल्ला कार्यसमितिले केन्द्रीय सदस्य थापाका तस्बिर राखेर मंसिर २९ गतेको विरोध प्रदर्शनको प्रचार प्रसार सुरु गरिसकेको छ । यस्तै कञ्चनपुरमा केन्द्रीय सदस्य पौडेल सहभागी हुन लागेका जिल्ला सभापति हरिप्रसाद बोहराले पुष्टि गरेका छन् ।
यस्तै अछामका सभापति भरत स्वाँरले केन्द्रीय सदस्य साउदलाई मंसिर २९ गतेका लागि आमन्त्रण गरिएको जानकारी दिए । “हामीले केन्द्रीय सदस्य एनपी साउदजीलाई निमन्त्रणा गरेका छौं । २९ गते मंगलसेनमा र ३० गते चौरपाटीमा आन्दोलन गर्ने तयारी हामीहरुको छ,” उनले लेखाजोखासँग भने ।
त्यस्तै केन्द्रीय सदस्य बलायरले मंसिर २९ गतेको विरोध प्रदर्शनमा अतिथिका रुपमा सहभागिता जनाउने कांगेसको सूचना, संचार तथा प्रचार विभाग सदस्य टेकराज अवस्थीले जानकारी दिएका छन् । नेता बलायर अहिले गृहजिल्लामै छन् ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...