कैलालीको धनगढी उप–महानगरपालिकाका दुई स्थानबाट सब डिभिजन वन कार्यालय फुलवारीले सालका गोलीया बरामद गरेको छ ।
शुक्रबार भारताल साझेदारी वन व्यवस्थापन समिति र सब–डिभिजन वन कार्यालय फुलवारीको सयुक्त टोलीले उपमहानगरपालिका– १५ को उर्मा र वडा नम्बर–१६ को ब्युसाबाट सालका गोलीया बरामद गरेको हो ।
उर्माको आर.पि. काष्ठ फर्निचर मिलबाट मात्रै ३५.८८ क्युफिट सालको गोलीया बरामद गरीएको सब डिभिजन वन कार्यालय फुलवारीका अधिकृत निरन्जन कडालले बताए ।
उनले मिल सञ्चालक राम बहादुर चौधरीलाई पक्राउ गरी आजै अदालत पेश गरीएको र काठ चोरी तस्करी मद्धा दर्ता भएको जानकारी दिए ।
यस्तै आजै सब डिभिजन वन कार्यालय फुलवारीको टोलीले उपमहानगरपालिका–१६ को ब्युशाबाट समेत चार गोलीया काठ बरामद गरेको भारताल साझेदारी वन व्यवस्थापन समितिका संयोजक यादव भण्डारीले बताए ।
उक्त काठ कसको हो र कहाँबाट काटीएको भन्ने बिषयका अनुसन्धानको लागी वन कार्यालयको जिम्मा लगाएको उनले बताए ।
सरिता कठायत, डोटी – नेपाली कांग्रेस डोटी प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले...
कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...