बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
चैनपुरदेखि महेन्द्रनगर आउदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकाका आफन्तले न्यायको माग गर्दै बिहीबार बेलुकादेखि यातायातका साधन बन्द गरेपछि यात्रुसमेत अलपत्र परेका छन् भने छोटो तथा लामो यातायातका साधनसमेत सुनकुडामा लाम लागेका छन् ।
बस चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।
सुनकुडामा बिहीबारदेखि अवरुद्ध भएका यातायातका साधन खोल्नको लागि गाउँपालिका जनप्रतिनिधि, प्रहरी, बालिकाका परिवार बसेर छलफल भइरहेको समेत प्रनाउ खड्काले बताए ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...