२०७७ माघ ४, आईतवार
January 17, 2021, Sunday

युद्धका नाममा १७ जना ब्यबस्थापन गर्न १७ हजार मारियो : नगरप्रमुख वड


धनगढी- धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले १६ जनालाई ब्यबस्थापन गर्नका लागि युद्धका नाममा १७ हजारलाई मारिएको आरोप लगाएका छन् ।

जेसिज धनगढीको ३८ औं अधिवेशनको उद्घाटनशत्रमा बोल्दै नगरप्रमुख वडले यस्तो आरोप लगाएका हुन । ‘गरीव जनताका छोराछोरीहरुलाई ठूला आश्वासन दिएर बन्दुक बोक्न लगाईयो’ नगरप्रमुख वडले भने, सर्वहाराहरुलाई भूलेर ज्वाई, छोरा छोरी, सम्धी, सालासालीहरुलाई ब्यबस्थापन गरियो । सर्वहाराको पार्टी नेकपाले १७ जनालाई ब्यबस्थापन गर्नका लागि १७ हजारको रगत बगाएको रहेछ नगरप्रमुख वडले भने, ‘ तर अहिले वस्तविक सर्वहाराहरुको पहुँच नेतृत्वमा छैन ।

जेसिजले बास्तविक रुपमा संस्कार सहितको ब्यक्तित्व तयार गर्ने भएकाले जेसिजको नेतृत्व गरेका ब्यक्तिहरुलाई राजनितिमा आउन आग्रह गरे । नेतृत्वले गरेका गल्तीहरु पनि औल्याउन सक्नुपर्छ नगरप्रमुख वडले भने, त्यसैले म बाट हुने गरेका त्रुटीहरु औल्याएर सहयोग गर्न जेसिज नेतृत्वलाई आग्रह गर्दछु । सोही कार्यक्रममा नगरप्रमुख वडलाई जेसिजको मानार्थ सदस्यता प्रदान गरिएको छ । जेसिजन धनगढीका अध्यक्ष श्याम पाठकले सदस्यता हस्तान्तरण गरेका थिए ।

जेसिज धनगढीका अध्यक्ष पाठकले प्रतिकुल समयका बाबजुत पनि आफ्नो कार्यकालमा सहयोग गर्ने सधैलाई धन्यवाद दिए । कार्यक्रममा जेसिज महेन्द्रनगरका अध्यक्ष हरीष भट्टले पनि शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम जेसिज धनगढीका महासचिव कलेन्द्र शाहीले संचालन गरेका थिए ।

Related News

उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
  • २०७७ मंसिर २०

डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...

केपीले संसद विघटन मात्रै गरेका  होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
केपीले संसद विघटन मात्रै गरेका होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
  • २०७७ मंसिर २०

डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...

खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
  • २०७७ मंसिर २०

नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...

TOP